काठमाडौं । सम्पदा बानियाको आँखैमा गाजल सार्वजनिक भएको छ । गायक केदार बरुवाल क्षेत्री र गायिका मेलिना राईको युगल स्वरमा समावेश आँखैमा गाजलु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको गीतमा शब्द र संगीत स्वयम् गायक केदार बरुवाल क्षेत्रीको नै रहेको छ। उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायक नाजिर हुसेन र सम्पदा बानिया बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…
राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। स्टुडेण्ट भाइब्स अस्ट्रेलियाको प्रायोजन रहेको यस भिडियोलाई स्वयम् गायक क्षेत्रीको अफिसिएल युटुय्व च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
