भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कागेश्वरी मनोहराले नगरभित्रका १६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार पाँच विद्यार्थीको निः शुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो ।नगरप्रमुख उपेन्द्र कार्कीले नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कुलका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा, नगरस्तरीय अस्पताल निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले कागेश्वरी मनोहराले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम बनाएर लागू गरेको बताउनुभयो । संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले आन्तरिक स्रोतबाट रु सात करोड बजेट विनियोजन गरेको छ भने शिक्षकलाई तालिमसमेत प्रदान गर्दै आएको छ ।

चालु आर्थिक वर्षका लागि रु दुई अर्ब १५ करोडको बजेट विनियोजन गरेको छ । सबै नगरवासीलाई खानेपानी पु¥याउने लक्ष्य लिएको सो नगरपालिकाले तीनवटा खानेपानी आयोजनालाई अगाडि बढाएको छ ।उज्यालो र सुरक्षित नगरपालिका बनाउनका लागि कागेश्वरी मनोहराले नगरभित्रका मुख्य सडक र भित्रि सडकमा सिसीटिभी जडान र सडकबत्ती जडानको कामलाई प्राथमिकता दिएको छ । नगरभित्र उत्पादन हुँदै आएको फोहरलाई नगरभित्र नै व्यवस्थापन गर्ने नीति सो नगरपालिकाले लिएको छ ।नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा अगाडि बढाउने बताउनुभयो । मनोहरा करिडोर निर्माण कार्यलाई समेत आफ्नो कार्यकालमा पूरा गर्ने उहाँको भनाइ छ । नगर प्रमुख कार्कीले मुख्य सडक सङ्घ र प्रदेश सरकारबाट ठेक्का लागेको बताउँदै सडक नबन्दा स्थानीय सरकारले जनताको गुनासो सुन्नुपरेको बताउनुभयो । “जोरपाटीदेखि थली हुँदै साँखु जाने मुख्य सडकमा मुआब्जा लिने र काम गर्न नदिने प्रवृत्ति बढेको छ, यसले गर्दा काम गर्न बाधा पुगेको छ”, उहाँले भन्नुभयो ।

स्थानीय सरकारको कार्यअधिकारभित्र नपर्ने सडक स्थानीय सरकारले नबनाएको भन्दै केही राजनीतिक दलले नगरपालिकाको काममा अवरोध पु¥याएको उहाँले बताउनुभयो । कूल एक लाख १५ हजार जनसङ्ख्या रहेको सो नगरपालिकामा ३५ हजार घरधुरी र नौ वडा रहेका छन् । सो नगरपाकिलामा चालु आवमा ५० वटा ठेक्का आयोजना भए पनि चारवटा आयोजनाको काम सम्पन्न भइसकेको, ४२ आयोजना निर्माणको क्रममा रहेको र चार आयोजनाको ठेकेदार नगरपालिकाको सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.