भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काजीथुम्कामा भ्यू टावर निर्माण

काजीथुम्कामा भ्यू टावर निर्माण

बनेपा, । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–५ स्थित काजीथुम्का डाँडामा पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ भ्यू टावर निर्माण गरिएको छ । सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्मती प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा सो स्तम्भ निर्माण गरिएको हो । गाउँको अग्लो डाँडामा भ्यू टावर निर्माण भएपछि गाउँको पर्यटन प्रवद्र्धन हुनेमा स्थानीय बासिन्दा खुसी देखिन्छन् । दृश्यावलोकन स्तम्भ निर्माण भएपछि यहाँ रोजगारीमा समेत वृद्धि हुने हुँदा स्थानीयवासी निकै खुसी भएको स्थानीय बासिन्दा अनिल गौतमले बताए ।

गाउँसम्म आवतजावत गर्न पक्की सडक निर्माणसँगै अस्पताल भवन, पोखरी, धारालगायतका काम यहाँ भइरहेको उनको भनाइ छ । विकासका नयाँ लहर थपिँदै गएपनि रोजगारीको अवसर गाउँमा नभएका कारण युवा भने अझै पनि रोजगारीका लागि सहरतिर जाने अवस्था रहेको उनको भनाइ छ । “गाउँमा जति दुःख गरेपनि खान लगाउन मात्रै पुग्नेभएपछि थप कमाउनका लागि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता छ”, स्थानीयवासी गौतमले भने, “गाउँमा भएको कमाइले खाउलाउमा नै जीवन कट्ने अवस्था भएका कारण विकल्पमा सहर पस्नु यहाँका बासिन्दाको बाध्यता हो ।”

अर्का स्थानीय बासिन्दा ईश्वर गौतमले गाउँको शिरमा भएको अग्लो डाँडाबाट जताततै देख्न सकिने ठाउँमा भ्यु टावर निर्माण गरेर अझ थप पर्यटन प्रवद्र्धनको काम गरेकोमा खुसी थपेको बताए । अहिले सो ठाउँमा पदमार्गका लागि दुई ठाउँबाट सिँढी निर्माण गर्नाका साथै टावर भएको स्थानमा पर्यटकका लागि मेच निर्माण गरिएको उनले बताए । गाउँपालिका प्रमुख कार्यकारी अधिकृत महानदास लामाका अनुसार आर्थिक वर्ष २०७५–७६ मा प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगाानीमा सुरु भए यो स्तम्भको निर्माण सकिएको छ ।

दुईतिरबाट जाने बाटोमा सिँढी निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु ५० लाख लागतमा सम्पन्न गरेको उनले जानकारी दिए । पर्यटकीय गन्तव्यमध्यको एक काजीथुम्कामा भ्यु टावर निर्माण भएपछि आन्तरिक पर्यटकको आवागमन भइरहेको गाउँपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.