भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर

कास्की । कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधिसत्व विहार र सामाजिक अभियानकर्मी शान्त शर्माका सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधासहितको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छे र मादी गाउँपालिकालाई शुक्रबार पाँच–पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताउनुभयो ।

कन्सन्ट्रेटरसहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिनलगायत स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । अक्सिजन अभाव भएका अवस्थामा अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री प्राप्त गर्दा ठूलो राहत महसुस भएको मादी गाउँपालिकाले जनाएको छ ।

यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधि सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कफ सिरप, भिटामिन बी कम्प्लेक्स, सिटामोल, साइनेक्सलगायत एक बाकस औषधि वितरण गरिएको संयोजक बरालले जानकारी दिनुभयो । यसअघि बिहीबार बोधिसत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.