भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर

कास्की । कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधिसत्व विहार र सामाजिक अभियानकर्मी शान्त शर्माका सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधासहितको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छे र मादी गाउँपालिकालाई शुक्रबार पाँच–पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताउनुभयो ।

कन्सन्ट्रेटरसहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिनलगायत स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । अक्सिजन अभाव भएका अवस्थामा अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री प्राप्त गर्दा ठूलो राहत महसुस भएको मादी गाउँपालिकाले जनाएको छ ।

यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधि सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कफ सिरप, भिटामिन बी कम्प्लेक्स, सिटामोल, साइनेक्सलगायत एक बाकस औषधि वितरण गरिएको संयोजक बरालले जानकारी दिनुभयो । यसअघि बिहीबार बोधिसत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.