काठमाडौं । भारतमा एउटा कुखुरा मारेको विषयलाई लिएर हुलदंगा भएको छ । हुलदंगामा ७ जना पक्राउ परी पुलिसले मुद्दा दर्ता गरिसकेको छ । मृतक कुखुराको पोस्टमार्टम सकिएको छ । घटनाको थप अनुसन्धान गरिरहेको संचारमाध्यमले जनाएका छन् ।
मान्छेको हत्या हुँदासमेत पुलिस चुप लागेर बसेको भन्ने आरोप लाग्ने बेलामा भारतमा कुखुराको मृत्युको घटनाले पुलिसको निद हराम भएको छ । बिहारको फिरोजपुर गाउँमा यो घटना भएको हो । घटना एकजना महिलाको कुखुरा फार्मबाट छिमेकीले कुखुरा चोरेर मारिदिए ।
आफ्नो कुखुरा चोरेर मारेको भन्दै ती कुखुरा धनी महिला र उनका छोरा चोरी गर्ने छिमेकीको घरमा पुगे । तर कुखुरा चोर्ने छिमेकीले उल्टै ती आमा छोरालाई पिटेर घाइते बनाए । ती महिलाले आफ्नो कुखुरा चोरी गरेको, कुखुरा मारेको र आफूमाथि कुटपिट गरेको भन्दै आफ्ना ७ जना छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिइन् ।
प्रहरीले ती सातै जनालाई पक्राउ गर्यो । मृत्यु भएको कुखुरालाई पोस्टमार्टमका लागि पशु अस्पतालमा पठाइयो ।
प्रहरीले कुखुरा चोरी तथा कुटपिटमा संलग्न ७ जनामाथि थप छानविन गरिरहेको बताइएको छ ।
– एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको छ। इजरायलले इरानका आणविक र सैन्य ठाँउहरूमा आक्रमण गरेपछि इरानले ड्रोन र क्षेप्यास्त्रद्वारा कडा प्रतिक्रिया दिएको छ। इजरायली आक्रमणमा इरानको गुप्तचर...
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...