भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

कृत्रिम खुट्टाकै भरमा सगरमाथा चढ्ने हरिलाई सरकारले गर्‍यो सम्मान

कृत्रिम खुट्टाकै भरमा सगरमाथा चढ्ने हरिलाई सरकारले गर्‍यो सम्मान

काठमाडौं । सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका रोल्पाका हरि बुढा मगरले कृत्रिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । त्याे लडाइ हुँदा उनी ब्रिटिस सेनामा कार्यरत थिए ।

उनै कीर्तिमानी आरोही बनेर काठमाडौं फर्किएका मगरलाई मंगलबार त्रिभुवन विमानस्थलमा नेपाल सरकारले भव्य स्वागत गरेर सम्मान गरेकाे हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उनलाई स्वागत गरेका हुन ।

जेठ ५ गते दिउँसो ३ बजे सगरमाथा चुचुरोमा पाइला टेकेका उनले सगरमाथा चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गर्न सफल भए । झन्डै पाँच वर्षको प्रयासपछि उनलाइ याे सफलता मिलेको हो।

कोहीभन्दा केहीमा पनि शारीरिक अशक्तता भएका व्यक्तिहरू कमजोर हुँदैनन् भन्ने आत्मविश्वास दिलाउने उनी सगरमाथाको सफल आरोही हुन । हरिले भने,  ‘मेरो परिवार, मेरा सहयोगी साथीहरू र धेरै जनताको साथबिना सगरमाथा आरोहण गर्न सम्भव थिएन ।’

रोल्पा जिल्लाको थबाङ गाउँपालिका मिरुल घर भएका हरि मगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेर फर्किए थिए । बेलायती सेनामा भर्ना हुनुअघि नै सगरमाथा आरोहण गर्ने सपना बुनेका उनले बल्ल त्याे सपना साकार पार्न सफल भएकाे बताए ।

चुचुरोमा पुगेपछि खुसीकाे सीमा नै नरहेकाे र जाेडले चिच्याएकाे बताए । तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मेमा विश्वको अग्लो चुचुरोमा पुगेकाे इतिहास सम्झिए । त्यसपछि ७० वर्षपछि मगर र उनको टोलीले सगरमाथा आरोहण गरेको थाह पाए ।

मगरले अबको अधिकांश समय नेपालमा बिताउने योजना बनाएकाे जानकारी दिए । अपांगता सचेतना र आर्थिक विकासको क्षेत्रमा योगदान गर्ने याेजना सुनाएका मगरले भने, ‘यो मेरो सफलता विश्वभरका अपांगता भएका व्यक्तिको सफलता हो । नेपालको सपना हो, नेपाल आमाको काखमा हुर्केको मैले जवानी वेलायतको लागि व्यतित गरेँ। अब अलिक धेरै नेपाल आमाको सेवामा लाग्ने योजना छ।’

मिरूलमा सन्  १९७९ मा जन्मिएका हरि गोर्खा वेलफेयर ट्रस्टका सद्भावना राजदूतसमेत हुन् ।

 


Thali Mobile Pvt.Ltd.