भर्खरै : Sorry, your browser does not support inline SVG.

केन्द्रबाट एक हजार कर्मचारी स्थानीय तहमा जादै, सरुवाका लागि दुवै स्थानीय तहको सहमति चाहिने

केन्द्रबाट एक हजार कर्मचारी स्थानीय तहमा जादै, सरुवाका लागि दुवै स्थानीय तहको सहमति चाहिने

४ भदौ २०७७ काठमाडौं । केन्द्रमा रहेका करिब एक हजार कर्मचारीलाई प्रदेश तथा स्थानीय तहमा पठाउने तयारीमा सरकारल लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा मन्त्रिपरिषद्को बैठकले समायोजन संशोधन गर्न सक्ने नीतिगत निर्णय समेत गरिसकेको छ ।

यसपछि संघका कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउन बाटो खुलेको हो । ऐनअनुसार केन्द्रमा समायोजन भएका, तर अहिले प्रदेश र स्थानीय तहमा जान चाहेका कर्मचारीलाई समायोजन गर्न लागिएको हो । संघमा अनावश्यक र प्रदेश तथा स्थानीय तहमा आवश्यकताभन्दा कम कर्मचारी भएपछि संघले आवश्यक्ता भन्दा बाहिरका कर्मचारिलाई तल्लो तहमा पठाउन लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अब एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा कर्मचारीको सरुवा पनि हुनेछ । त्यस्तै, एउटा प्रदेशबाट अर्को प्रदेशमा पनि जान पाउनेछन् । प्रदेशबाट स्थानीय तहमा पनि समायोजन संशोधन गर्न सक्ने सुविधासमेत दिन लागिएको छ ।

यसका लागि दुवै स्थानीय तहको सहमति चाहिने हुन्छ । ऐन आउन अझै समय लाग्ने भएपछि मन्त्रिपरिषद्बाट निर्णय गरेर सरुवा हुन सक्ने नीति बनाइएको हो । तर, स्थानीय तह र प्रदेशमा समायोजन भएका कर्मचारी संघमा भने आउन पाउँने छैनन् ।

 


Thali Mobile Pvt.Ltd.