कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाँघ्याे

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाँघ्याे image

२४ बैशाख २०७७ काठमाडाैं । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार बढि रहेको छ । पछिल्लो समय कोरोना भाइरसका कारण २ लाख ५८ हजार सात जनाले मृत्युबरण गरेका हुन ।

विश्वमा कोरोनाबाट सबैभन्दा बढि अमेरिका प्रताडित बनेको छ । अमेरिकामा ७२ हजार २ सय ५० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । विश्वका २ सय १५ देशमा फैलिएको कारोनाबाट ३७ लाख २४ हजार १ सय ५१ जना संक्रमित भइसकेका छन् ।

१२ लाख ३९ हजार ८८३ जना उपचार पछि निको भएर घर फर्किएका छन् । २२ लाख २६ हजार २ सय ६२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार २ सय ४४ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोनाका कारण बेलायतमा २९ हजार ४ सय २७, इटलीमा २९ हजार ३ सय १५, स्पेनमा २५ हजार ६ सय १३, फ्रान्समा २५ हजार ५ सय ३१ जनाको ज्यान गएको छ । अमेरिकामा सबै भन्दा धेरै १२ लाख ३७ हजार २ सय ६९ जना संक्रमित छन् ।

स्पेनमा २ लाख ५० हजार पाँच सय ६१ जना संक्रमित छन् । इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ । बेलायत र फ्रान्समा क्रमशः १ लाख ९४ हजार ९ सय ९० र १ लाख ७० हजार ५ सय ५१ संक्रमित रहेका छन् ।

रुसमा तीव्र रुपमा फैलिएको यो भाइरहका कारण १ लाख ५५ हजार ३ सय ७० जनामा संक्रमण देखिएको छ । त्यहाँ १ हजार ४ सय १५ कोे ज्यान गएको छ । त्यस्तै जर्मनीमा ६ हजार ९ सय ९३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६७ हजार संक्रमति छन्।

त्यस्तै टर्की र ब्राजिलमा पनि एक लाख भन्दा बढी संक्रमित पुगेका छन् । भारतमा १६ सय ९३ जनाले ज्यान गुमाईसकेका छन् भने ४९ हजार चार सयमा सक्रमण देखिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda