भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

थप ११६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १७ हजार नाघ्यो

थप ११६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १७ हजार नाघ्यो

३० असार २०७७ काठमाडौं । थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । थप ३४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ । सबै जिल्लामा संक्रमण फैलिएको छ ।

जिल्लागत संक्रमित
२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान प्रयोगशालामा धनकुटाका ३ जना, सिराहमा १, सुनसरीका १ जना, तेह्रथुमका १ जना संक्रमित पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा इलामका २ जनामा र प्रादेशिक जनस्वास्थ्य विराटनगरमा झापाका १ जनामा कोरोना पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १९ जना र महोतरीका १९ जना संक्रमित भएका छन् ।

नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा पर्साका २ र धनुषाका २ जनाको कोराना संक्रमण पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गोरखाका १ जना र नुवाकोटका १ जनामा कोरोना पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १ जना र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासी पूर्वका २ जना, रौतहटका एक जना र सिन्धुलीका एक जनामा संक्रमण देखिएको छ ।

धुलिखेल अस्पताल प्रयोगशालमा काभ्रे पलाञ्चोका २ र ओखलढुंगाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा गोरखाका १, कैलालीका १, काठमाडौंँका १ जना, पाल्पाका १, सिन्धुपालचोक १ र सुर्खेतका १ जना पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा प्युठानका ३ जना रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका १, रोल्पाका ३, बर्दियाका १ जना र दाङका ५ जनामा कोरोना पृष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्घखाचीका ३ जना र पाल्पाका ४ जना रहेका छन् । आर्टिपिसिआर दैलेख प्रयोगशालमा दैलेखका ६ जना र कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अछामका १२, जुम्लाका ४ जनामा कोरोना पृष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल धनगडीमा अछामका २ जना, कंञ्चनपुरका १, कैलालीका ४ जना संक्रमित भएका छन् । कोरोनाको आशंका गरिएका ४ हजार ३ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ भने ६ हजार ६ सय ९५ जना आइसोलेसन र २४ हजार ७ सय १६ जना क्वारेन्टाइनमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.