भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

क्यान्सरविरुद्धको किशोरीलाई खोप लगाउँदै क्यानसर अस्पताल

क्यान्सरविरुद्धको किशोरीलाई खोप लगाउँदै क्यानसर अस्पताल

चितवन ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीलाई खोप लगाउने भएको छ । नेपाल सरकारको आफ्नै लगानीमा खोप किनेर लगाउन लागिएको यो पहिलो हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार १२ वर्षदेखि १४ वर्षभित्रका ६ हजार किशोरीलाई खोप लगाइदैछ । एक जनालाई दुई डोज खोप लगाउनुपर्ने हुन्छ । रु पाँच करोडको खोप खरिदका लागि बोलपत्र आह्वान भई सम्झौता भई सकेको उहाँले जानकारी दिनुभयो । आउँदो चैतसम्ममा खोप लगाउने योजना छ ।

चितवनमा पालिकासँग सहकार्य गरेर खोप लगाइने गौतमको भनाइ छ । विदेशी दाताको सहयोगमा विभिन्न जिल्लाका किशोरीलाई खोप लगाइएको भए पनि सरकारले आफ्नै खर्चमा पहिलो पटक खोप लगाउन लागेको उहाँको भनाइ छ । यहाँको क्यान्सर अस्पतालको गत वर्षको तथ्याङ्कअनुसार कूल क्यान्सर भएका बिरामीमध्ये ११ दशमलब ५७ प्रतिशत महिला पाठेघरका रहेका छन् । महिला मात्रैको क्यान्सरको तथ्याङ्क हेर्दा यो २१ प्रतिशत हुन आउने गौतमको भनाइ छ । किशोरीलाई खोप दिन सकेमा क्यान्सरबाट रोक्न सकिने उहाँले बताउनुभयो ।

दियालो बङ्गला पछाडि पशुबध नगर्न अनुरोध

धार्मीक क्षेत्र देबघाट आसपासका विभिन्न स्थानमा पशुबध नगर्न अनुरोध गरिएको छ । देवघाट क्षेत्र विकास समितिले एक सूचना जारी गर्दै देवघाट क्षेत्रमा पशुबध नगर्न अनुरोध गरेको हो । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले सार्वजनिक सूचना जारी गर्दै भरतपुर महानगरपालिका–१ दियालो बङ्गला क्षेत्रमा पशुबध गर्ने क्रम बढेकाले यस्तो नगर्न अनुरोध गर्नुभएको हो ।

सूचनामा भनिएको छ, “नारायणी नदी किनारमा कतिपय समुदायले परम्परागत रुपमा पुजा सञ्चालन गर्दै आइरहेको सो स्थानमा पशुवली दिने कार्य हुने गरेको भन्ने बुझिन आएको हुँदा समितिको ध्यान आकृष्ट भएको छ ।” क्षेत्र धार्मिक दृष्टिकोणबाट अति महत्वपूर्ण रहेकाले पशुबध गर्न उपयुक्त नहुने सूचनामा उल्लेख छ । वातावरणीय प्रदूषण बढ्न जाने भएकाले नदीको पवित्रता जोगाइ राख्न त्यस क्षेत्रमा पशुबध नगर्न समितिले अनुरोध गरेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.