भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

खोल्सामा बाढी आउँदा घाँस काट्न गएकी एक महिलाको मृत्यु

खोल्सामा बाढी आउँदा घाँस काट्न गएकी एक महिलाको मृत्यु

म्याग्दी । बाढीले बगाउँदा म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा एक महिलाको ज्यान गएको छ । घटनामा एक जना घाइते भएकी छन् । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगाको पाखापानीमा सोमवार दिउँसो ठूलो पानी परेपछि पानीले बगाएपछि आएको बाढीमा परि महिलाको ज्यान गएको हो ।

सोमवार नाङ्गे जङ्गलको खोल्सामा बाढी आउँदा घाँस काट्न गएकी रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते हुनुभएको छ । उहाँको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.