भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी

गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी

पोखारा । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा प्रदेशका सबै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ । आइतबार शुरु भएको गोष्ठीको आज गमलामा पानी राखेर गृहमन्त्री रामबहादुर थापाले औपचारिक उद्घाटन गर्नुभयो ।

गोष्ठीमा गृहमन्त्री थापासहित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रामशरण बस्नेतसहित चारवटै सुरक्षा निकायमा उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको छ । गोष्ठीमा सबै जिल्लाबाट आएका सुरक्षा विश्लेषणका आधारमा गृह मन्त्रालयले सुरक्षासम्बन्धी नयाँ रणनीति बनाउने जनाइएको छ । गृह मन्त्रालयका अनुसार अन्य प्रदेशमा पनि छिट्टै सुरक्षा गोष्ठीको मिति तोकिने कार्यक्रम छ । गतवर्ष नै हुनुपर्ने गोष्ठी कोरोनाका कारण रोकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.