भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी

गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी

पोखारा । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा प्रदेशका सबै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ । आइतबार शुरु भएको गोष्ठीको आज गमलामा पानी राखेर गृहमन्त्री रामबहादुर थापाले औपचारिक उद्घाटन गर्नुभयो ।

गोष्ठीमा गृहमन्त्री थापासहित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रामशरण बस्नेतसहित चारवटै सुरक्षा निकायमा उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको छ । गोष्ठीमा सबै जिल्लाबाट आएका सुरक्षा विश्लेषणका आधारमा गृह मन्त्रालयले सुरक्षासम्बन्धी नयाँ रणनीति बनाउने जनाइएको छ । गृह मन्त्रालयका अनुसार अन्य प्रदेशमा पनि छिट्टै सुरक्षा गोष्ठीको मिति तोकिने कार्यक्रम छ । गतवर्ष नै हुनुपर्ने गोष्ठी कोरोनाका कारण रोकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.