गर्नु गर्याे काेराेनाले…?

गर्नु गर्याे काेराेनाले…? image

सबै भन्दा ठूलो क्षेती गर्यो कोरोनाले
अच्चमको त्रासदी बिष छर्यो कोरोनाले
चाईनाको उहान्बाट उत्पत्ति भएपनि
खोलानाला, तट् समुन्द्र तर्यो कोरोनाले

एक एक गर्दै एकसय उनाइस
देश सार्यो कोरोनाले
विकसित र शक्तिशाली राष्ट्र भन्ने हरू 
अमेरिका, अस्ट्रेलिया, भारत पनि डर्यो कोरोनाले

एक ठाँउ होइन पुरै नेपाल लकडाउन भएपछि
खान नपाई गरिबलाई आपत पार्यो कोरोनाले
हिजो भए विश्वयूद्ध अनि जनयुद्ध 
रगतले यो भूमिलाई चार्यो मानबले

पृथ्वीमा सर्व श्रेष्ठ हामी भने पनि 
कोरोनाको यो लडाईमा हार्यो मानवले
हुने खाने, हुदा खाने लकडाउनले गर्दा 
एक छाक खाई, दूई छाक भोकै टार्यो मानवले

कटक विश्वकर्मा, ठाँटीकाध गाउँपालिका–गैरेगाउँ, दैलेख (१० असार २०७७)

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.