भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

गाँजाको कारोबार गर्ने तीन पक्राउ

गाँजाको कारोबार गर्ने तीन  पक्राउ

वाग्मती । मकवानपुरमा निषेधाज्ञाको मौका छोपी प्रतिबन्धित लागुऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई शनिबार प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हीराबहादुर मोक्तान, २४ वर्षीय रामबहादुर मोक्तान र सोही ठाउँ बस्ने २४ वर्षीय ठाकुर सुनार छन् ।

प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक दीपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–५ बोटबारीबाट १२ केजी ३०० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको थियो । झोलामा गाँजा बोकेर हिँडिरहेका उनीहरूलाई सुरक्षा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका

प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अटो एम्बुलेन्सको दुरुपयोग हेटौँडामा निषेधाज्ञामा कोभिड बिरामीलाई ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटोएम्बुलेन्सले सर्वसाधारण मानिस बोक्न थालेपछि स्थानीय प्रशासनले कारवाही गर्न थालेको छ । कोभिड–१९ का बिरामी बोक्ने गरी सञ्चालनमा आएका

अटो एम्बुलेन्सले पनि दुरुपयोग गरी अन्य मानिस बोक्न थालेपछि जिल्ला प्रशासनले त्यस्ता अटोलाई कारवाही गरेको हो । यसैक्रममा जिल्ला प्रशासन कार्यालयले हेटौँडा–१९ वडाका निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह १०५९ नम्बरको अटो र चालकलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले हेटौँडा–१० बसपार्कमा खाद्यान्न र बिरामी नभएका मानिसहरू बोकेको अवस्थामा सो अटोलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्वको संयुक्त अनुगमनबाट केही अटो एम्बुलेन्सले दुरुपयोग गरेको पाइएकाले कारवाही गरिएको टोलीले जनाएको छ । यसैबीच शनिबार मकवानपुरका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न प्रकृतिका ४१ सवारी साधनलाई कारवाही गरेको प्रहरीले जनाएको छ

। सवारी साधनलाई जनही रु दुई हजारदेखि पाँच हजारका दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निषेधाज्ञा उल्लङघन गर्ने विभिन्न सवारी साधनलाई कारवाही हुँदै आएको छ । थप पाँच सङ्क्रमितको मृत्यु प्रदेशको हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पातलमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४ का ५६ वर्षीय पुरुष, हेटौँडा–५ का७२ वर्षीय पुरुष रहेका छन् । यसैगरी बाराका ४२ वर्षीय र सिन्धुलीका ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.