भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेतीलाई पक्राउ गरिएको हो ।

चितवनकै भतरपुर महानगरपालिका–२८ स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमालसमेत दुई जनालाई कारागारबाट झिकाई अनुसन्धान अघि बढाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । अनुसन्धानकै क्रममा फरार प्रतिवादी रामकुमार प्रजा र बमबहादुर प्रजालाई पक्राउ गरिएको जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ १ क तथा २६१ बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा २६१ बमोजिम सजायको माग दाबी गरिएको छ । यसै मुद्दामा १० जना फरार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका कर्मचारी, नेपाली सेनाको खड्गदल गण, जिल्ला प्रहरी कार्यालय चितवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानलय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायतको टोलीलले उनीहरूलाई पक्राउ गरेको हो ।

गैँडा मृत अबस्थामा भेटियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको कोलकोता टापुको कधीसोहरा भन्ने क्षेत्रमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो क्षेत्रको नारायणी नदी बाहिरी भङ्गालाको दक्षिण किनारमा रहेको भास क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृतावस्थामा भेटिएको हो ।

खाग खुरलगायतका सामान सुरक्षित रहेको सो गैँडा दलदलमा परेर मरेको अनुमान गरिएको छ । यस आवमा योसँगै सातवटा गैँडा मृतावस्थामा भेटिएका छन् तीमध्ये एउटा चोरी शिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.