भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

चरेशसहित भारतीय नागरिक पक्राउ

चरेशसहित भारतीय नागरिक पक्राउ

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले शुक्रबार दिउँसो महेन्द्रनगर बजार क्षेत्रबाट दुई किलो ८०० ग्राम चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बजार क्षेत्रमा कवाड सङ्कलन गर्दै आएका भारतको बिहारका राधेश्याम जैसवाललाई चरेशसहित नियन्त्रण लिएको बताउनुभयो ।

“कवाड सङ्कलन गरेको ठाउँबाट हामीले उक्त परिमाणको चरेश बरामद गरेका हौँ”, उहाँले भन्नुभयो, “विस्तृतमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गर्दैछ ।” विगत एक दशकयता महेन्द्रनगरमा कवाड सङ्कलन गर्दै आएका जैसवालले कवाडी राखेको बोराबाट चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

“कवाड सङ्कलनस्थलमा अहिले प्रहरीले घटनास्थल मुचुल्का सङ्कलन गरिरहेको छ”, बमले भन्नुभयो, “चरेश कसले कहाँबाट ल्यायो भन्ने विषयमा सघन अनुसन्धान हुन्छ ।” पछिल्लो केही वर्षयता लागूऔषध नियन्त्रणका लागि सक्रियरूपमा खटिएको कञ्चनपुर प्रहरीले यहाँ दिनहुँजसो लागुऔषध चरेश, ब्राउनसुगरसहित अभियुक्त पक्राउ गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.