२ असार २०७७ मंगलबार, काठमाडौं । सीमा क्षेत्र लद्दाखमा भारतीय सेना चिनिया जनमुक्ति सेनाबीच झडप भएको छ । झडपमा ३ जना भारतीय सेनाको मृत्यु भएको छ । भारतीय सेनाका अफिसरसहित दुई सैनिकको ज्यान गएको हाे ।
अन्तराष्ट्रिय समाचार माध्ययमले जनाए अनुसार पूर्वी लद्दाख क्षेत्रको चार अवरोध बिन्दु मध्ये एक गाल्वान भ्यालीमा सैनिकको हिंसात्मक मुठभेड भएको हाे । सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भारतीय सेना मारिएकाे भारतीय रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
केहि समय पहिले समाचार अनुसार दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए । आफ्नो तीन सैनिक अधिकारी मारिएको विषयमा जानकारी दिँदै भारतीय सेनाले दुवैतर्फ सैनिक फिर्ताको प्रक्रिया भइरहेको समयमा सो घटना भएको जनाएको छ ।
‘गलवान उपत्यकामा तनाव कम गर्ने प्रक्रिया भइरहेको समयमा गत राति दुवै पक्षबीच आसने सामने हुँदा हताहती भएको हो’ भारतीय सेनाले विज्ञप्तिमा भनेको छ, ‘भारततर्फ एक अधिकृत र दुई जवानको ज्यान गएको छ। तनावपूर्ण परिस्थितिलाई कम गर्नका लागि दुवै सैनिकका वरिष्ठ अधिकारीहरुबीच बैठक भइरहेको छ।’
झडपको विषयलाई दुवै देशले आआफ्नै दाबी गरेका छन् । चिनियाँ पक्षले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ । यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसछि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो ।
लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ । निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो । पछिल्लो समय लद्दाखमा दुवै पक्षले संरचना निर्माण र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत गरेका छन् । रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा...
काठमाडौं, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता सफल नहुने संकेत देखिएमा अमेरिका वार्ताको मध्यस्थता प्रयासबाट पछि हट्ने चेतावनी दिएका छन्। शुक्रबार ओभल अफिसमा...
एजेन्सी, ६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीको मुस्तफावाद क्षेत्रमा शनिबार बिहान भीषण दुर्घटना भएको छ । बिहान करिब २:३० बजे आएको भारी वर्षा र आँधीका कारण चार तले...
काठमाडौँ, ४ वैशाख । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का प्रमुख जेरोम पावेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । ट्रम्पको विश्वव्यापी...