भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

चीनको राष्ट्रिय सुरक्षा बजेट २३० अर्ब डलर

चीनको राष्ट्रिय सुरक्षा बजेट २३० अर्ब डलर

काठमाडाैं ।  चीनले आफ्नो रक्षा बजेट बढाउने भएको छ । चीन सरकारले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको हो । सन् २०२१ मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो भने अघिल्लो वर्ष रक्षा बजेट ६ दशमलव ८ प्रतिशले वृद्धि गरेको थियो ।

चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले वार्षिक जीडीपी दर ५ दशमलव ५ प्रतिशत हुनसक्ने घोषणा समेत गरेका छन् । आर्थिक वृद्धि र सुरक्षा खतरा मुख्य चुनौती भएकाले चीनले आफ्नो रक्षा बजेट बढाएको जनाइएको छ । अमेरिकापछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ।

 


Thali Mobile Pvt.Ltd.