भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

आगलागीबाट झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति

आगलागीबाट झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति

काठमाण्डौ । विद्युत् सर्ट भएर महोत्तरीको मटिहानी नगरपालिका–८ मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति पुगेको छ । स्थानीय जगदीशप्रसाद गुप्ताको घरमा मटिहानी नगरपालिका–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको हो ।

आगो स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा निभाइएको हो । मटिहानी नगरपालिकासँग वारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको वारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो । आगलागीबाट झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । किराना पसलसँगै जोडिएका अरु चार वटा पसलमा पनि आगोले क्षति गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.