१६ जेष्ठ २०७७, काठमाडौं । गितकार तथा संगितकार समेत रहेका विनोद विकले धेरै गीत गाएका छन् । झूपडीका पीडा, जनताका कथाव्या, मजदुर, किसानका गीतहरु अझभनाैं एक श्रमजीवि जनता तथा वर्गीय मुक्तिका गीत गाउने एक जनवादी गायक हुन विनोद विक ।
विनोद तिनै सर्जक हुन् जसले करिब २ दशकदेखि लगातार गरिब, मजदुर, किसान र नेपालको सीमा सम्वन्धी र विशेषगरी भारतीय विस्तारवादको नाङ्गो हस्तक्षेप विरुद्ध जनताकोक्षमा प्रगतिशिल सिर्जना संगै गीतहरु गाएका छन् । उनको चर्चित रचना ‘मेची नछोड’ सुस्ता हाम्रै हो बैनी सुस्ता हाम्रै हो लगायतका गीतहरु गाएका छन् ।
थुप्रै गीतमा संगीत भरेका छन् । उनले विस्तारवादी भारतका जन विराेधी गतिविधीका विरुद्ध कैयौं गीत गाएका छन् । विनाेदले गाएका सीमा अतिक्रमण विरुद्धका गीत जनताले निकै रुचाएका छन् । विनोदकै स्वर तथा शब्दमा सजिएकाे महामारीविरूद्व सुन्नै पर्ने देउडा गीतमा सबै सचेत हुनु पर्ने सन्देशका साथ सार्वजनिक गरेका छन् ।
सुनाैं उनकाे महामारी सम्बन्धिकाे देउडा गीत…
विमल विकले संगित भरेकाे तथा विनोद विककोे स्वरमा सजिएकाे उक्त देउडा गीतले शहर गाउँ, पहाड, तराई जहाँका मानिसलाई पनि सचेत गराँउदै विश्वभरीका मानिस माहामारी विरुद्ध एक भएर जुध्न र सजग रहन अनुरोध गरेका छन् ।
याे गीतमा प्रदेशीकाे कथालाइ पनि समेटिएकाे छ । प्रदेश गएका छाेराछाेरीकाे सम्झनामा घरमा आमाबुवाले विलाैना गरेकाे कथा पनि गीतमा समेटिएकाे छ । उनको अर्को चर्चित गित ‘नरूनु आमा छाेरा सम्झेर’ हो । संगित समेत आफैले गरेका उनको यो गितमा पनि निकै मार्मिक सन्देश छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २९ वैशाख । नयाँ वर्षको सुरुवातसँगै नेपाली संगीत प्रेमीहरूका लागि एउटा आत्मीय र भावनात्मक कोशेली सार्वजनिक भएको छ। “मेरी हजुर” शीर्षकमा सार्वजनिक भएकाे गीतले प्रेम, समर्पण र आत्मीय...
काठमाडौं । कर्णाली र सुदूरपश्चिमको मौलिक लोकधुनमा आधारित ‘रंगेली सुवा’ नामक नयाँ देउडा गीत सार्वजनिक भएको छ। लोकसंगीत प्रेमीहरूका लागि गहिरो सन्देश बोकेको यस गीतले दैलेख र अछामको भूगोल,...
काठमाडौं । नेपाली लोकसङ्गीतको आँगनमा एक पटक फेरि मिठास भरिएको छ। चर्चित गीतकार तथा सर्जक भीम कुमार ओझाको प्रस्तुतिमा तयार भएको ‘दुई दिने जिन्दगी’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको...
काठमाडौं । नेपाली मौलिक लोकसंगीतको क्षेत्रमा चर्तित गायिका तथा संगीतकर्मी टिका पुनको नयाँ झ्याउरे लोकदोहोरी गीत ‘सोल्टिज्यु सम्झिन्नौ मैले झैँ’ ले छोटो समयमै उल्लेखनीय सफलता हात पारेको छ। गीत...