भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जन्मदिनमा बृद्धबृद्धालाई खाना खुवाउँदै आर्थिक सहयोग गर्ने मनकारी उर्मिला कार्की

जन्मदिनमा बृद्धबृद्धालाई खाना खुवाउँदै आर्थिक सहयोग गर्ने मनकारी उर्मिला कार्की

काठमाडौं । मानिसहरुले आफ्नो जन्मदिन मनाउन विभिन्न किसिमका अभ्यासहरु गर्ने गरेका छन् । कतिपय मानिसहरुले आफ्नो जन्मदिनमा केक काट्दै र बत्ती निभाउदै गरेका दृश्यहरु देखिने गरेका छन् । तर कतिपय मानिसहरुले आफ्नो जन्मदिनलाई सामाजिक कार्यमा समेत जोड्ने गरेका छन् ।

आफ्नो जन्मदिनलाई सामाजिक कार्यमा जोड्ने समाजसेवी तथा लायन्स क्लब अफ काठमाण्डौ एभरेष्ट टाउनकी अध्यक्ष उर्मिला कार्की पनि एक हुन । उनले आफ्नो जन्मदिनलाई यादगार बनाउन बृद्धाहरुलाई खाना खुावाएकी छन् । कार्कीले नवजीवन परोपकार समाजमा रहेका बृद्धबृद्धालाई खानामात्रै नखुवाईनन् उनले नवजीवन परोपकार समाजलाई रु ५ हजार आर्थिक सहयोग समेत गरिन ।khana

कार्कीले आफ्नो जन्मीदिनलाई केक काटेर होइन हरेक कुरालाई मनमा लुकाएर राखेका बृद्धबृद्धालाई आफ्नो तर्फबाट केही सहयोग होस् भन्ने उदेश्यले आफ्नो जन्मदिनमा खाना खुवाउनुका साथै आर्थिक सहयो गरेको बताईन । उनले भनीन आफ्नो जन्मदिनमा केक काटेर खर्च गर्नु भन्दा केही अप्ठेरोमा परेका मानिसहरुलाई सहयोग गरौंकी भन्ने हिसाबले खाना खुवाए ।khana

उनले समाजमा रहेका असहाय, गरिब, दिनदुखीहरुलाई निरन्तर सहयोग गरिहने बताइन । कार्कीले  नवजीवन पराेपकार समाजमा रहेका १६ जना बृद्धबृद्धालाई खाना खुवाएकी हुन ।कार्कीलाई नवजीवन पराेपकार समाजका सदस्यहरूले धन्यवाद दिएका  थिए । khana

 


Thali Mobile Pvt.Ltd.