भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

जाडो छल्न बेँसी झार्दै भेडीगोठ

जाडो छल्न बेँसी झार्दै भेडीगोठ

मनाङ । चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पु¥याउने गर्दछन् । बर्खायममा चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँसीतिर झर्न थालेका हुन् ।

नासो गाउँपालिकाका भेडापालक यादव घलेले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँसी झरेको बताए ।  भेडा चराउने गरेको हिमाली पाटनमा चिसो बढ्न थालेपछि सँगै गएका अन्य भेडापालक झरेको उनको भनाइ छ । घलेसँगै भेडापालक किसानलगायतले छ महिना नाम्के, ड्रोना र लमजुङ हिमालको बेसक्याम्पमा बिताएको वीरबहादुर गुरुङले बताए । उहाँहरू एक हजार ५०० भन्दा बढी भेडाबाख्रा लिएर जेठको पहिलो साता भेडा चराउन पाटनतिर जानुभएको थियो ।

वर्षौँ देखि पाटनमा भेडा चराउने गर्दै आउनुभएका उहाँहरूले यस वर्ष चिसो निकै बढेको बताउनुभयो । चिसो बढेसँगै भेडा मर्न थालेपछि यसपालि छिट्टै भेडालाई बेँसी झारिएको हो । चिसो बढेसँगै भेडाले बेँसीतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक अजय गुरुङले बताए । उनले भने,गर्मि बढेपछि बेँसीबाट लेकतिर जान खोज्छन् भने लेकमा जाडो बढेपछि बेँसीतर्फ झर्छन् । उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । सोहीअनुसार हामीले पनि गोठ सार्ने गर्नुपर्छ ।”

कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेँसीतिर झर्ने गरेको जयको भनाइ थियो । गुरुङले भन्नुभयो, “जाडोयामका केही समय लेकाली क्षेत्रमा टम्म हिउँ पर्छ । भेडापालक घुमन्ते शैलीमा हिमाली क्षेत्रमा हिउँ पर्न थालेसँगै बेँसी झर्ने र गर्मी बढेसँगै हिमाली भेगतिर जाने गर्दछन् ।” फागुन अन्तिमसम्म बेँसीमै रहने र गर्मी बढेसँगै चैत महिनामा लेकतिर जाने गुरुङको भनाइ छ ।

चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई अहिले जाडोबाट बचाउनकै लागि बेँसी झार्न थालिएको समेत उनले बताए । वर्षभरि लेकबेँसी गरेर भेडापालन व्यवसायमा लागिरहेकालाई हिँउदयाममा भने सास्ती हुने गरेको छ । चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि बेँसी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकले गुनासो गरेको छ ।

पहिलेदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयवासीले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि बेँुसी झार्दा भेडा चराउन समस्या भएको हो । सामुदायिक वनमा भेडा चराएवापत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ । अहिले यो पेशाप्रतिको आकर्षण क्रमिकरूपमा घट्दै गएको छ । चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाको वैदेशिक रोजगारको मोहका कारण पनि यो पेशा सङ्कटमा परेको नासो–८ का राज घलेले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.