भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक

‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक

काठमाडौँ । जीवनमा हार खाएर आत्महत्या गर्न चाहने प्रति खबरदारी गर्दै जीवनमा संघर्ष गर भन्ने सन्देस दिएर गीतकार तथा संगीतकार बसन्त लम्सालले बिल्कुलै नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

मार्मिक म्युजिक भिडियो ज्यानै फाल्नु पहिले सार्वजनिक गरेका हुन । लोकप्रिय गायक तथा संगीतकार हरि लम्सालको स्वर रहेको यस गीतमा शब्द, संगीत अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालको रहेको छ । किरण कडेलले संगीत संयोजन गरेको यस गीतमा महानायक राजेश हमाल, रिमा बिश्वकर्माको रहेको छ ।

उनको साथमा बालकलाकार श्रीवानी थापाको मन छुने अभिनय पनि देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका छन्। निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । बहुमुखी प्रतिभाका धनि गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले थुप्रै गीत सार्वजनिक गरिसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला…

 


Thali Mobile Pvt.Ltd.