भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक

‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक

काठमाडौँ । जीवनमा हार खाएर आत्महत्या गर्न चाहने प्रति खबरदारी गर्दै जीवनमा संघर्ष गर भन्ने सन्देस दिएर गीतकार तथा संगीतकार बसन्त लम्सालले बिल्कुलै नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

मार्मिक म्युजिक भिडियो ज्यानै फाल्नु पहिले सार्वजनिक गरेका हुन । लोकप्रिय गायक तथा संगीतकार हरि लम्सालको स्वर रहेको यस गीतमा शब्द, संगीत अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालको रहेको छ । किरण कडेलले संगीत संयोजन गरेको यस गीतमा महानायक राजेश हमाल, रिमा बिश्वकर्माको रहेको छ ।

उनको साथमा बालकलाकार श्रीवानी थापाको मन छुने अभिनय पनि देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका छन्। निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । बहुमुखी प्रतिभाका धनि गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले थुप्रै गीत सार्वजनिक गरिसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला…

 


Thali Mobile Pvt.Ltd.