भर्खरै : Sorry, your browser does not support inline SVG.

टीकापुरका युवा समूहबीच झडप, धारीलाे हतियार प्रहार हुदा तीन जनाको अवस्था गम्भीर

टीकापुरका युवा समूहबीच झडप, धारीलाे हतियार प्रहार हुदा तीन जनाको अवस्था गम्भीर

२५ साउन २०७७ कैलाली । टीकापुरमा युवा समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप भएको प्रहरील बताएको छ ।

झडपमा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएका छन् । दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले बताए ।

टीकापुरको खक्रौलास्थित बालुवाटारमा भएको झडपमा दुई समूहले एक–अर्कालाई धारिलो हतियार प्रहार गरेको घटनास्थलबाट प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.