काठमाडौं । एप्पलले हालै लञ्च गरेको आइफोन १२ प्रो म्याक्स सन् २००७ मा बजारमा आएको आइफोन भन्दा साइज दोब्बर छ । एक अध्ययन अनुसार आगामी २० वर्षमा एप्पलका आइफोनको आकार कि बोर्ड अर्थात् म्याकबुक भन्दा पनि ठूलो हुनेछ ।
स्मार्टफोनका पाटपूर्जा बनाउने कम्पनी ध्चबउउश को तर्फबाट एप्पल, सामसुङ तथा अन्य अन्य ठूला स्मार्टफोन कम्पनीहरुका डिभाइसहरुको बढ्दो आकारका बारेमा विश्लेषण गरिएको थियो ।
उक्त विश्लेषणात्मक अध्ययनले के देखाएको छ भने सन् २००७ मा पहिलोपटक लञ्च भएयता आइफोनको आकार हरेक वर्ष ५ प्रतिशतले बढिरहेको छ । आइफोनको आकार यसरी नै बढिरहेमा सन् २०४० मा एप्पलले लञ्च गर्ने आइफोन झण्डै डेढ फिट अर्थात् साढे १७ इन्चको हुनेछ ।
