भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ढाका वस्तुको प्रदर्शनी

ढाका वस्तुको प्रदर्शनी

काठमाडौँ । नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनी गर्ने भएको छ ।ढाकाका मौलिक उत्पादनलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनीमा ४० बिक्री कक्ष राखिने छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका संयोजक रमेश श्रेष्ठले परापूर्वकालदेखि नै ढाका कपडा उद्योग सञ्चालनमा रहेको बताउँदै यसबाट उत्पादित सामग्री तथा सिर्जना हुने रोजगारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार प्रदर्शनीमा विभिन्न स्थानका व्यवसायीलाई यस क्षेत्रमा भएका विकास तथा समस्याबारे एकापसमा अन्तक्र्रिया गरी प्रोत्साहन गर्ने वातावरण व्यवस्थापन गरिनेछ । यस क्षेत्रका स्वदेशी उत्पादन वृद्धि गरी विदेशबाट हुने आयात न्यूनीकरण गर्ने र मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने लक्ष्यका साथ प्रदर्शनी राखिएको छ । मुलुकमा करिब ५० हजार ढाका व्यवसायी छन् । प्रदर्शनीका क्रममा व्यवसायीको राष्ट्रिय भेला पनि गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.