भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

थप तीन हजार ६११ मा सङ्क्रमण पुष्टिः एक हजार ८१६ सङ्क्रमणमुक्त

थप तीन हजार ६११ मा सङ्क्रमण पुष्टिः एक हजार ८१६ सङ्क्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार नौ हजार ७८३ पीसीआर परीक्षणमा दुई हजार ४६७ र चार हजार ८७८ एन्टिजेन परीक्षणमा एक हजार १४५ जना गरी कूल तीन हजार ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६० हजार ५२४ रहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५२ हजार २६१ पुगेको छ ।

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा २७ हजार ८२० जना होम आइसोलेसन, तीन हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ६८६ जना आइसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४४४ जना छन् ।

थप २७ को मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८३४ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा ५०० बढी सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ५५६, कास्कीमा ३३३, ललितपुरमा १८७, भक्तपुरमा ७६ र सुनसरीमा १७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 


Thali Mobile Pvt.Ltd.