१२ असार २०७७ काठमाडौं । २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको हाे ।
पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको छ । कुल संक्रमितमध्ये २७ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ ।
थप एक संक्रमित सहित २७ को मृत्यु
नेपाल थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । असार ११ गते अचेत अवस्थामा भेटिएकी महिलाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ नजिकै अचेत अवस्था भेटिएकी अन्दाजी २५ देखि ३० वर्ष उनलाई प्रहरीले प्रतिष्ठानमा उपचारका लागि लगेको थियो ।
जाँचको क्रमको उनको मृत्यु भइसकेको र उनको परिवार समेत सम्पर्कमा नभएकाले खोजी भइरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ । यो सँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या २७ पुगेको हाे ।
डिस्चार्ज हुनेको संख्या २६९८
२४ घण्टामा देशभरबाट ४८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । तीमध्ये ८ महिला र ४० जना पुरुष छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका एक महिला र १९ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र दुई पुरुष, कोभिड १९ यूनिफाईड कमाण्ड अस्पताल बलम्बुबाट सोलुखुम्बु,बारा र रौतहटका एक एक जना पुरुष र पाटन अस्पतालबाट काठमाडौंका २ महिला र रामेछापका एक पुरुष संक्रमण मुक्त भएका छन् ।
त्यसैगरि, महिला विकास कार्यालय, तम्घास गुल्मीबाछ एक महिला र १२ पुरुष, महेन्द्र मावि तम्घास गुल्मीबाट एक महिला र ३ पुरुष निको भएर डिस्चार्ज भएका छन् । देशभरबाट हालसम्म २ हजार ६९८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन् । जसमा महिला २२४ र २ हजार २७४ जना पुरुष रहेका छन् ।
१० वटा प्रयोगशाला थप गर्ने
पिसिआर विधिबाट कोरोना परीक्षणका लागि थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको क्षमता बढाउने भन्दै थप प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको हो। मुलुकभर हाल २३ वटा प्रयोगशाला सञ्चालनमा छन् ।
यो सँगै प्रयोगशालाको संख्या ३३ पुग्ने भएको छ । मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैंलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
कर्णालीमा थप २६ जनामा कोरोना
कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जुम्लामा रहेका काठमाडौं टोखा निवासी २९ वर्षीय पुरुष सहित ७ जिल्लाका २६ जनामा कोरोना पुष्टि भएको हो ।
सुर्खेतका १३, दैलेखका ५, सल्यानका ३, जाजरकोटका २ र जुम्लाका १ जना मा कोरोना संक्रमण देखिएको हो । यो सहित कर्णाली प्रदेशमा हालसम्म १ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये कर्णालीमा ७२० जना संक्रमण मुक्त भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।
जिल्ला अनुसार संक्रमित…
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङमा २, झापामा १ र सुनसरीमा १०, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जनामा कोरोना भेटिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १२, महोत्तरीका ४ र सिरहाका ६, नारायणी अस्पताल वीरगञ्जमा धनुषाका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १, बैतडीका २५, बझाङका ९, बाजुराका २७, बाराका २, दार्चुलाका ३, डोटीका ४६, गोरखाका ५, कैलालीका ३०, कञ्चनपुरका ४२, कपिलवस्तुका ९, रौतहटका ४६ र सल्यानका १ जनाको कोरोना पाइएको छ ।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको प्रयोगशालामा गोरखाका १, नवलपरासी पूर्वका २, नुवाकोटका १ र काठमाडौंका ३, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १२, कैलालीका १ र नवलपरासी पूर्वका २१ जनामा कोरोना भेटिएको छ ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गुल्मीका १२, कपिलवस्तुका ८, रौतहटका ५ र सिन्धुलीका ३, वीर अस्पताल काठमाडौंमा रौतहटका ५ र सिन्धुलीका ३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कास्कीका २, लमजुङका ६ जनामा कोरोना भेटिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका १, तनहुँका २ र स्याङजाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ३, गुल्मीका १३, कपिलवस्तुका ४, पाल्पाका ७६, नवलपरासीका १ र रुपन्देहीका ६, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङमा दाङका ७५ र प्यूठानका २० जनामा कोरोना भेटिएको छ ।
सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका ५, जाजरकोटका २, मुगुका १, सल्यानका ३ र सुर्खेतका १२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लाका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काभ्रे । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि निर्माण रोकिएको छ । २०७४ मा बस्ती निर्माणको काम थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ३ वर्षमा...
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र...