महोत्तरी । ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो ।
उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन् ।
जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन् । त्यस्तै जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् ।
यो घटनामा महोत्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित लक्ष्मी महतो कोइरीले सफाइ पाएको श्रेस्तेदार झाले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बुटवल लगिँदैछ। रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा...
काठमाडौं । पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा संलग्न रहेका पर्याप्त आधार भेटिएका छन् । अनुसन्धानका क्रममा प्रहरीले तस्करीमा संलग्न समूह र...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज रुपन्देही लैजाने तयारी गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।...
कालिकोट । पलाँता गाउँपालिका वडा ३ को राडु र काप्रेखोला बिचमा बोलेरो जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । अरु १३ जना घाइते घाइते भएका छन् ।...