भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

दिल्लीका सातै सिटमा भाजपा अगाडि

दिल्लीका सातै सिटमा भाजपा अगाडि

काठमाडौं । भारतको लोकसभा निर्वाचनको सुरुआती मतगणनामा दिल्लीका सातै सिटमा भारतीय जनता पार्टी (भाजपा)का उम्मेद्वार अगाडि छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार, चाँदनी चोकमा भाजपाका प्रवीण खंडेलवालले कांग्रेसका जयप्रकाश अग्रवाललाई पछि पारेका छन् । उक्त सिटमा खंडेलवालले तीन हजार ८९५ मतान्तरले अग्रता लिएका छन् ।

पूर्वी दिल्लीमा भाजपाका हरीश मल्होत्रा १२ हजार २६३ मतान्तरले अगाडि छन् । उक्त सिटमा उनले आम आदमी पार्टीका उम्मेद्वार कुलदीप कुमार मल्होत्रासँग प्रतिस्पर्धा गरेका छन् ।

नयाँ दिल्लीमा भाजपाका बांसुरी स्वराज आम आदमी पार्टीका सोमनाथ भारतीभन्दा अगाडि छन् । स्वराजले १८ हजार ४८० मतान्तरले अग्रता लिएका छन् ।

उत्तरपूर्वी दिल्लीमा भाजपाका मनोज तिवारीले कांग्रेसका उम्मेद्वार कन्हैया कुमारलाई पछि पारेका छन् । तिवारीले हाल ४१ हजार ५७९ मतान्तरले अग्रता बनाएका छन् ।

उत्तर–पश्चिम दिल्लीमा भाजपाका योगेन्द्र चंदोलिया ६५ हजार ३४४ मतान्तरले अगाडि छन् । यहाँ कांग्रेसका तर्फबाट उदित राज उम्मेदार छन् ।

दक्षिण दिल्लीमा भाजपाका रामवीर सिंह बिधुडी र आम आदमी पार्टीका साही रामबीच प्रतिस्पर्धा छ । हाल बिधुडी २० हजार २०६ मतान्तरले अगाडि छन् ।

पश्चिम दिल्लीमा भाजपाका कमलजीत सेहरावत आम आदमी पार्टीका महाबल मिश्राभन्दा अगाडि छन् । सेहरावतले ३८ हजार ३९७ मतान्तरले अग्रता लिएका छन् । बीबीसी हिन्दी

 


Thali Mobile Pvt.Ltd.