भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालबाट हराएका दुई वटा मूर्ति बेलायतद्वारा फिर्ता

नेपालबाट हराएका दुई वटा मूर्ति बेलायतद्वारा फिर्ता

काठमाण्डौ । नेपालबाट सन् १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई वटा मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा भएको विशेष समारोहमा बेलायत प्रहरीका तर्फबाट नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरिएको हो ।

सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाण्डौ हनुमानढोका कुमारी बहालबाट हराएको थियो । यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाण्डौको ओमबहाल मञ्जु श्री मन्दिरबाट हराएको थियो । मूर्तिको वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका मूर्ति चाँडै नेपालको पुरातत्त्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी दिनुभयो । ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा। इमिलिन स्मिथले नेपाललाई सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकोमा आफूलाई गर्व लागेको बताउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.