भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ५६।०६ अङ्कले उकालो लागेर दुई हजार ३६९।०६ मा पुगेको छ ।त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९।५२ अङ्कले उकालो लागेर ४५६।६६ अङ्कमा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम मङ्गलबारको तुलनामा सामान्य वृद्धि भएको छ । कूल २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर रु दुई अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ मूल्यमा खरिद बिक्री भए ।बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ७० अर्ब सात करोड ४५ लाख १० हजार बराबर पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २३।३७, व्यापार २१।१५, होटल तथा पर्यटन ५२।७९, विकास बैंक १५०।७३, जलविद्युत् १३०।३४, वित्त ७४।२, निर्जीवन बीमा २४३।७४, उत्पादन ७०।०२, अन्य ३१।७७, लघुवित्त १५३।८९, जीवन बीमा २१७।१७, सामूहिक लगानी कोष ०।१३ र लगानी २।२७ अङ्कले उकालो लागेको छ ।कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भयो । न्यादी ग्रुप अफ पावर रु आठ करोड ७३ लाख ४१ हजार ४४९, राधी विद्युत् कम्पनी रु सात करोड ६२ लाख ६७ हजार २३१, शिवम् सिमेन्ट रु छ करोड ७५ लाख ८८ हजार ४३७ र नेशनल हाइड्रोपावर रु पाँच करोड ८० लाख ६२ हजार ६९७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नौ कम्पनीको शेयर मूल्यमा सर्किट

नेप्सेका अनुसार कारोबार भएका विभिन्न कम्पनीमध्ये आज नौ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा, नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर, जाल्पा सामुदायिक लघुवित्त, गणपति लघुवित्त, युनियन हाइड्रोपावर र वरुण हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।त्यस्तै, सानिमा बैंकको ऋणपत्र १।६३, सानिमा इक्विटी फण्ड १।५१, लक्ष्मी उन्नति कोष १।४८, नेष्डो समृद्धि लघुवित्त १।०२ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ०।४७ अङ्कले गुमाए ।

 


Thali Mobile Pvt.Ltd.