भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालनमा

धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालनमा

बनेपा । काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो । नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउने छन् ।” प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.