काभ्रे । काभ्रेको पानौती नगरपालिका वडा नं २ को अध्यक्षमा नेकपा एमालेकोतर्फबाट पुरुषोक्तम अधिकारी विजयी भएका छन् । नेपाली काँग्रेसलाई पछि पार्दै अधिकारी ९ सय ९८ मतले विजयी भएका हुन । उनका प्रतिद्धन्दी नेपालीका काँग्रेसका पुष्पराज बोलखेले ९ सय ६७ मत प्रात गरेका थिए । नेकपा माओवादी केन्द्रका नारायण सापकोटाले १५ मत, उन्नत लोकतान्त्र पार्टीका केशव कुमार श्रेष्ठ २ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बालकृष्ण अधिकारीले १ मत प्राप्त गरेका छन् ।
त्यसै गरी पनौती नगरपालिकाको प्रमुखमा अहिलसम्म नेकपा एमालेका भीम न्यौपानेले १ हजार ७३ र नेपाली काँग्रेसका रामश्रण भण्डारीले ८ सय ८८ मत प्रात गरेका छन् । पनौती नगरपालिकाको उपमेयरमा निर्वाचन आयोगका अनुसार नेकपा एसका छविलाल हुमागाईले ६ सय २३ र नेकपा एमालेकी गीता बञ्जारले ६ सय ९ मत प्राप्त गरेकी छन् ।
