बाँके । बाँकेमा नुहाउने क्रममा नदीमा डुबेर एक पुरुषको ज्यान गएको छ । बाँकेको कोहलपुरमा नदीमा डुबेर एक पुरुषको ज्यान गएको हो । घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका बैजनाथ गाउँपालिका–४ बोरिङका ३६ वर्षीय कमल साहानीको जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको बाँके प्रहरीले जनाएको छ ।
नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएपनि उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बाँके प्रहरीले उल्लेख गरेको छ । साहानी बिहान नदीमा नुहाउन गएका थिए ।
