‘नपार दोधारमा’ सार्वजनिक

‘नपार दोधारमा’ सार्वजनिक

काठमाडौं । नयाँ गीत सार्वजनिक भएको छ । अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका रानी शाक्यले ‘नपार दोधारमा’ बोलको गीत सार्वजनिक गरेकी हुन ।

रानी र रोशन बलुवाको स्वर रहेको यो गीतमा विक्रम केसीको शब्द रहेको छ भने रोशनकै संगीत छ । भिडियोमा पुष्प खड्का र गीता ढुंगानाको नृत्य रहेको छ।

कोरियोग्राफी तथा निर्देशन मदन खड्काले गरेका छन् । वीरेन्द्र भट्टको छायांकन रहेको भिडियोको सम्पादन भने विकास ज्ञवालीले गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.