भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

नवनियुक्त प्रधानमन्त्रीद्वारा एकतामा जोड

नवनियुक्त प्रधानमन्त्रीद्वारा एकतामा जोड

रोम, । इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गर्नुभएको छ । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उहाँले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गर्नुभएको हो । उहाँले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो । उहाँलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण गर्नुभएको थियो । सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ त्यसअघि गभर्नर हुनुहुन्थ्यो । उहाँ केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा रहनुभएको थियो ।

मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उहाँलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री दाग्रीले आग्रह गर्नुभएको हो । उहाँ हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाउनुभएको छ र अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गर्नुभएको छ । उहाँले आइतबार टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरु रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.