भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

निःशुल्क प्याप स्मेयर परीक्षण शिविर सम्पन्न

निःशुल्क प्याप स्मेयर परीक्षण शिविर सम्पन्न

भक्तपुर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क प्याप स्मेयर परीक्षण शिविर सञ्चालन गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बुहप्राविधिक अध्ययन संस्थान, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप मावि, शारदा क्याम्पस मावि र शारदा क्याम्पसको आयोजनामा भएको निःशुल्क प्याप स्मेयर परीक्षण तथा स्त्री रोग परीक्षण शिविर सम्पन्न गरेको हो ।

कार्यक्रमका भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विभिन्न रोगहरुबाट बच्न समय–समयमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिदै शिविरमा निःशुल्क औषधीहरु समेत वितरण गरिने जानकारी दिए । कार्यक्रममा महिला रोग विशेषज्ञ डा. रीना श्रेष्ठले महिलाहरुको पाठेघरको मुखको क्यान्सरले विद्यमान रुप लिइरहेको बताउँदै पाठेघरको मुखमा समस्या भए÷नभएको समयमै परीक्षण गरी सम्भावित क्यान्सर रोगबाट बच्न सकिने बताइन ।

कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका कर्मचारी तथा शिक्षिकाहरु, क्यान्सर अस्पताल नर्सिङ इन्चार्ज लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । शिविरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा कार्यरत महिला कर्मचारी तथा शिक्षिकाहरुले आफ्नो स्वास्थ्य परीक्षण गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.