निषेधाज्ञाको अटेरी गर्ने ट्राफिक प्रहरीको कारबाहीमा

निषेधाज्ञाको अटेरी गर्ने ट्राफिक प्रहरीको कारबाहीमा

काठमाण्डौ ।  निषेधाज्ञाको उलङ्घन गर्ने १ सय ६० गाडी शनिबार विहानै होल्डमा राखिएको छ । अतयावश्यक तथा जिल्ला प्रशासन कार्यालयको अनुमति विना चलाइएको १ स ६० सवारी शनिबार विहानै होल्डमा राखिएको हो ।

१ सय ४६ दुईपाङग्रे र १४ चारपाङग्रे गाडी होल्ड भएको जनाइएको छ । शुक्रबार मात्रै काठमाण्डौ उपत्यकामा १ हजार ५८ गाडीलाई प्रहरीले होल्ड गरेर छोडेको जनाएको छ ।  अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक गाडी चलाउन रोकिएको भए पनि अटेरी गर्ने पछिल्लो समय बढेका छन् ।

निषेधाज्ञा नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निषेधाज्ञाको उलङ्घन गरेर चलाएका ८ सय ६९ दुईपाङग्रे र १ सय ८९ चारपाङग्रे गाडीलाई होल्ड गरिएको महाशाखाले जनाएको छ ।

निषेधाज्ञाका समयमा काठमाण्डौ उपत्यकामा झण्डै १५ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ भने कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरमा १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.