काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा नयाँ अनुहार ल्याएर पुनर्गठन गरेसँगै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
आफूहरुसँग कुनै छलफल नै नगरी ओलीले मन्त्रिमण्डल हेरफेर गरेको प्रति रुष्ट हुदै समाजवादी पार्टीले मनपरी ढंगले मन्त्रिमण्डल पुनर्गठन गरेकोले सरकारबाट पछि हट्ने चेतवनी दिएको हो । उपप्रधानमन्त्री उपेन्द्र यादव हाल भारतको दिल्ली भ्रमणमा रहेका बेला स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकाबाट कानुनमन्त्रीको जिम्मेवारी दिएको छ। त्यस्तै स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेका सुरेन्द्र चौधरीलाई हटाइएको छ ।
समाजपादी पार्टीका अध्यक्ष समेत रहेका यादव दिल्लीबाट फर्किएपछि बैठक बसेर सरकारबाट बाहिरिने सो पार्टीले जनाएको छ। बुधबार साँझ ६ मन्त्री र ३ राज्यमन्त्रीसहित ९ जनाको नयाँ नियुक्ति गर्दै ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...