भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

नेकपालाई झटारो: समाजवादी पार्टीले दियो सरकार छोड्ने चेतावनी

नेकपालाई झटारो: समाजवादी पार्टीले दियो सरकार छोड्ने चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा नयाँ अनुहार ल्याएर पुनर्गठन गरेसँगै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

आफूहरुसँग कुनै छलफल नै नगरी ओलीले मन्त्रिमण्डल हेरफेर गरेको प्रति रुष्ट हुदै समाजवादी पार्टीले मनपरी ढंगले मन्त्रिमण्डल पुनर्गठन गरेकोले सरकारबाट पछि हट्ने चेतवनी दिएको हो । उपप्रधानमन्त्री उपेन्द्र यादव हाल भारतको दिल्ली भ्रमणमा रहेका बेला स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकाबाट कानुनमन्त्रीको जिम्मेवारी दिएको छ। त्यस्तै स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेका सुरेन्द्र चौधरीलाई हटाइएको छ ।

समाजपादी पार्टीका अध्यक्ष समेत रहेका यादव दिल्लीबाट फर्किएपछि बैठक बसेर सरकारबाट बाहिरिने सो पार्टीले जनाएको छ। बुधबार साँझ ६ मन्त्री र ३ राज्यमन्त्रीसहित ९ जनाको नयाँ नियुक्ति गर्दै ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.