काठमाडौं ।लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न संसदको राज्य व्यवस्था समितिलेसरकारलाई निर्देशन दिएको छ । समितिले सीमा विवादबारे छलफल गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो ।
उनको सट्टा भूमि व्यवस्थामन्त्री पदमा अर्याल उपस्थित भएकी थिइन् । नेपालको हाल प्रयोगमा रहेको नक्सा त्रुटिपूर्ण रहेको स्वीकार गरेकी मन्त्री अर्यालले पनि लिम्पियाधुराको काली नदी नै नेपाल भारत सीमाना भएको बताइन् । बैठकले काली नदी नै सीमा मानेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
‘यो नक्सा त्रुटिपूर्ण छ, त्यसलाई सरकारले पनि स्वीकार गरेको छ’, समितिकी सभापति शशी श्रेष्ठले भनिन्, ‘त्यसैले लिम्पयाधुराको काली (स्थानीय भाषामा कुटीयांदी) नदीलाई सीमा मानेर नयाँ नक्सा सार्वजजिक गर्न दिर्नेशन दिएका हौं ।’
नयाँ नक्साअनुसार पाठ्यक्रमहरुमा सुधार गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ । आम नेपालीहरु एकतावद्ध भई भारतीय अतिक्रमणको विरोध गरिरहेको बेला नेपाल भारतबीच रहेका अन्य स्थानका सीमा विवाद समाधान गर्न तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएको छ । भारतीय अतिक्रमणविरुद्ध एकजुट भएर अगाडि बढ्न समितिले अपील गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...