भर्खरै : Sorry, your browser does not support inline SVG.
सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह | म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ |

नेपाली डाक्टर सुजितकुमार साहको दिल्लीमा शव भेटियो

नेपाली डाक्टर सुजितकुमार साहको दिल्लीमा शव भेटियो

एजेन्सी । कलेजो प्रत्यारोपण विशेषज्ञ डा। सुजितकुमार साहको भारतको नयाँ दिल्लीमा शव फेला परेको छ । मेदान्त अस्पताल गुरुग्राममा कार्यरत ४१ वर्षीय डा.साहको हिजो शव फेला परेको थियो ।

मेदान्त अस्पतालमा सन् २०१६ देखि कार्यरत साह रोबोटिक सर्जन हुन् । सिरहाका स्थायी बासिन्दा साहका श्रीमती र एक छोरी छन् । भारतीय सञ्चारमाध्यमले डा। साहले आत्महत्या गरेको दावी गरेका छन् । आफू बस्ने फ्ल्याटको भुइँमा उनको शव फेला परेको थियो । प्रहरीले ८ औँ तलाको बालकोनीबाट हामफालेर डा।साहले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

परिवार हिमाञ्चल प्रदेशमा बस्ने भएकाले उनी फ्ल्याटमा एक्लै थिए । पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट एमबिबिएस गरेका साहले एम्सबाट एमसिएच गरेका थिए । उनका दर्जनौँ लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । छोटो समयमा डा।साहले कलेजो प्रत्यारोपणमा भारतमै चर्चा प्राप्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.