भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाली सेनाले ‘लघु चलचित्र प्रतियोगिता २०७९’ संचालन गर्दै, फर्म वितरण कार्तिक १४ गतेदेखि

नेपाली सेनाले ‘लघु चलचित्र प्रतियोगिता २०७९’ संचालन गर्दै, फर्म वितरण कार्तिक १४ गतेदेखि

काठमाडौं । राष्ट्रिय सुरक्षाको अभिभारा बोकेको नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्दैछ । सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरी लघु चलचित्र  प्रतियोगिता आयोजना गरिएकाे हाे ।

२०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको भन्दै नेपाली सेनाले यस वर्ष पनि सो प्रतियोगितालाई निरन्तरता दिदै प्रतियोगिताको ११ औं संस्करण गर्न लागेको जनाएकाे छ ।

लघु चलचित्र प्रतियोगितामा भाग लिन ईच्छुक व्यक्ति तथा संघ–संस्थाले नेपाली सेना सम्बन्धि रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवं गरिरहेका कार्यहरु झल्किने विषयवस्तुहरुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्ने बताएकाे छ ।

साथै, उक्त प्रतियोगिता सम्बन्धि जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाईट (www.nepalarmy.mil.np) र सेनाको फेसबुक पेजमा समेत फर्म राखिएको जनाएको छ ।

२०७९ कार्तिक १४ गतेदेखि फर्म वितरण गरिने छ भने फर्म बुझ्ने अन्तिम कार्तिक १८ गतेसम्म तोकिएको छ । कार्तिक २४ गते अन्तरक्रिया कार्यक्रम समेत राखेको छ । २०७९ मंसिर २६ गतेदेखि २८ गतेसम्म कार्यालय समयमा जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा स्क्रिप्ट बुझाउनु पर्ने निर्देशनालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.