भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुरुपका अध्यक्ष चन्द्र ढकाल कोरोना मुक्त

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुरुपका अध्यक्ष चन्द्र ढकाल कोरोना मुक्त

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुरुपका अध्यक्ष चन्द्र ढकाल कोरोना मुक्त हुनु भएको छ । शनिवार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि कोराना मुक्त भएको सामाजिक सञ्जालबाट ढकालले सार्वजनिक गर्नुभएको हो ।  ढकालले दुई हप्ता गुप्तबासको अवधिमा आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरी स्वास्थ्यलाभको कामना गर्ने देशका विभिन्न क्षेत्रका महानुभावहरु, नेपाल उद्योग वाणिज्य महासंघसहित देशका समग्र व्यवसायी एवं सबैप्रति कृतज्ञ रहेको उल्लेख गर्नुभएको छु ।

ढकालले सामाजिक सञ्जालमा भन्नुभएको छ “यहाँहरुको सद्भाव, शुभेच्छा र मायाले नै मैले कोभिड भाइरसलाई परास्त गर्न सकेको महसुस गरेको छु” यसबीचमा यहाँहरुको फोन रिसिभ गर्न तथा एसएमएस आदिको जवाफ लेख्न असमर्थ भएकोमा सबैप्रति क्षमाप्रार्थी रहेको अध्यक्ष ढकालले लेख्नु भएको छ । महामारीको अवस्थामा स्वदेश तथा संसारभरि रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई स्वास्थ्य सजगता र सतर्कता अपनाउदै सपरिवार सुरक्षित रहन ढकालले आग्रह गर्नुभएको छ ।

कारोना भाइरस (कोभिड १९) बाट संक्रमित भई उपचार गराइरहेका सबैको शीघ्र स्वास्थ्य लाभको कामना समेत ढकालले गनुभएको छ ।  अध्यक्ष ढकालले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकमीहरु, आफ्नो परिवारका सदस्य तथा आफन्तजनहरुको सहयोगको सराहना गर्दै सबैलाई धन्यवाद समेत दिनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.