भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

‘नौतले घर’मा आए प्रताप र तुलसा

‘नौतले घर’मा आए प्रताप र तुलसा

काठमाडौं । गायक प्रताप दास र गायिका तुलसा लिम्बुको युगल गायनमा समावेश ‘नौतले घर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ शैलीको यस गीतमा डीपी खनालको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज र आश्मा बिश्वकर्माको साथमा गम्भीर बिस्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ ।

नवराज उप्रेतीले छायांकन गरेका यस गीतको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गम्भीर बिस्टको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । केन्द्र मोशन पिक्चर्सको आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्…

 

 


Thali Mobile Pvt.Ltd.