भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पत्रकार आस्थाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

पत्रकार आस्थाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

गण्डकी, । वरिष्ठ सञ्चारकर्मी एमबी आस्था मगरले आफ्ना छोरा शालीन घर्ती मगरको जन्मदिनका अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गर्नुभएको छ । पोखरा–१४ बाच्छेवुडुवामा अवस्थित वात्सायन वृद्धाश्रममा हाल १६ वृद्धा आश्रित छन् । उक्त अवसरमा कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक जनक बस्नेतले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु सबैको दायित्व भएको र आगामी दिनमा आफ्नोतर्फबाटसमेत सहयोग गर्ने जानकारी दिए ।

वृद्धाश्रमका संस्थापक अध्यक्ष गोकर्ण कार्कीले हालसम्म सरकारी सहयोग नपाएको र विभिन्न व्यक्तिको सहयोगबाट नै वृद्धाश्रम सञ्चालन भइरहेको जानकारी दिए । विशेषगरी पछिल्लो समय वृद्धाश्रममा जन्मदिन मनाउने बढी मात्रामा आउने गरेको जनाउँदै उहाँले वृद्धाश्रममा सहयोग गर्ने दाताकै कारण वृद्धाश्रममा केही कुराको कमी नरहेको बताए । सञ्चारकर्मी एमबी आस्थाले अहिले विभिन्न क्लब तथा रेष्टुरेण्टमा गएर जन्मदिन मनाउने प्रचलन बढ्दो मात्रामा रहेको र यस्ता फजुल खर्चलाई केही भए पनि सामाजिककार्यमा लगाउन सके पुण्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा वृद्धाश्रमका अध्यक्ष वोधराज कार्की, उपाध्यक्ष रेशम जिसी, सचिव ललित बानियाँलगायतले समाजसेवामा जुट्न आह्वान गर्नुभएको थियो । यसैबीच समाजसेवी टीकाकुमारी गुरुङले आफ्नो जन्मदिनका अवसरमा वृद्धाश्रमलाई रु १० हजार १०० प्रदान गर्नुभएको छ । उक्त रकम वृद्धाश्रमका अध्यक्ष कार्कीलाई उनका पति मुनेश थापासहित गुरुङले हस्तान्तरण गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.