भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्छःमुख्यमन्त्री पौडेल

पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्छःमुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । बिहीबार हेटौँडा–१४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उहाँले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन तथा खानपिन पर्यटकलाई मन पर्ने भएकाले त्यसको संरक्षण र संवद्र्धन गरिनुपर्ने बताए ।

ड्राइभरडाँडाको बस्तीलाई घरबास होमस्टेका रूपमा विकास गर्न निर्मित सांस्कृतिक भवनले यस क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री पौडेलले सरकार यस क्षेत्रको विकासमा प्रतिबद्ध रहेको बताए । कार्यक्रममा हेटौँडा उपमहानरपालिका–१४ का अध्यक्ष दीपक खड्काले मुख्यमन्त्री पौडेलले वडाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै प्रशंसा गर्नुभयो ।

उद्घाटन कार्यक्रमपछि मुख्यमन्त्री पौडेलले स्थानीय नागरिकसँग अन्तक्र्रिया गर्नुभएको थियो । अन्तक्र्रियामा स्थानीयवासीले सडक, खानेपानीलगायतका भौतिक विकासका लागि मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । स्थानीयवासीले मुख्यमन्त्री पौडेल अघिल्लो वर्ष यहाँ आएर खानेपानीको समस्या बुझेपछि पानीको व्यवस्था गरिदिएकाले अब स्थानीय खहरेमा पुल वा कज्वे निर्माण तथा सडकको स्तरीकरणमा चासो दिनुहुने विश्वास व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.