भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पहिरामा परी स्काभेटरसहित तीन बेपत्ताः खोजी कार्य जारी

पहिरामा परी स्काभेटरसहित तीन बेपत्ताः खोजी कार्य जारी

धादिङ, । रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै पहिरामा परी स्काभेटरसहित तीन तीन जना बेपत्ता भएका छन् । आज बिहान पहिरा खसेर पुरिंदा स्काभेटर चालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सहचालक काभ्रेकै १९ वर्षीय राजु तामाङ र रुबिभ्याली गाउँपालिका–१ का २७ वर्षीय अनिश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेको अवस्थामा पहिरा खस्दा स्काभेटरसमेत उनीहरु पुरिएको उनको भनाइ छ । सदरमुकाम धादिङबेँसीबाट दुई दिनको पैदल दूरीमापर्ने सो क्षेत्रमा सडक खन्ने काम भइरहेको थियो । पहिरामा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी निरीक्षक र गाउँपालिकाका अध्यक्षसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । खराब मौसम र सुख्खा पहिराका कारण उद्धारमा कठिनाइ भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए ।

 


Thali Mobile Pvt.Ltd.