भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पार्टीबाट निष्कासितहुदा सांसद पदसमेत चैट, सरिता गिरी अब सामान्य नागरिक

पार्टीबाट निष्कासितहुदा सांसद पदसमेत चैट, सरिता गिरी अब सामान्य नागरिक

२३ असार २०७७ काठमाडौं । भारतको पक्षमा उभिएकी भारतीय चेली सरिता गिरी समाजवादी पार्टीको साधारण सदस्य समेतबाट निष्कासित हुदा गिरीको सांसद पद समेत चैट भएको छ । पार्टीको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेपछि उनलाई कारबाही गरिएको समाजवादी पार्टीले जनाएको छ ।

महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा कार्यदल बनेको थियो ।भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा र निशान छाप परिवर्तन गर्न सरकारको विरुद्ध संविधान संशोधन विधेयकमा गिरीले प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले संशोधन फिर्ता लिन बारमबार आग्रह गर्दा र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिदा समेत पार्टीको अनुशासन विपरित गएर उनले राज्यविरुद्धको आवाज उठाएकी थिइन् । नेपाली भूमिलाई भारतको हो भन्दै बकमफुसे गफ हाकेकी गिरीलाई अन्तत पार्टीले कारबाही गरेर सामान्य नागरिक बनाईदिएको छ ।

 


Thali Mobile Pvt.Ltd.