भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पार्टीबाट निष्कासितहुदा सांसद पदसमेत चैट, सरिता गिरी अब सामान्य नागरिक

पार्टीबाट निष्कासितहुदा सांसद पदसमेत चैट, सरिता गिरी अब सामान्य नागरिक

२३ असार २०७७ काठमाडौं । भारतको पक्षमा उभिएकी भारतीय चेली सरिता गिरी समाजवादी पार्टीको साधारण सदस्य समेतबाट निष्कासित हुदा गिरीको सांसद पद समेत चैट भएको छ । पार्टीको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेपछि उनलाई कारबाही गरिएको समाजवादी पार्टीले जनाएको छ ।

महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा कार्यदल बनेको थियो ।भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा र निशान छाप परिवर्तन गर्न सरकारको विरुद्ध संविधान संशोधन विधेयकमा गिरीले प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले संशोधन फिर्ता लिन बारमबार आग्रह गर्दा र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिदा समेत पार्टीको अनुशासन विपरित गएर उनले राज्यविरुद्धको आवाज उठाएकी थिइन् । नेपाली भूमिलाई भारतको हो भन्दै बकमफुसे गफ हाकेकी गिरीलाई अन्तत पार्टीले कारबाही गरेर सामान्य नागरिक बनाईदिएको छ ।

 


Thali Mobile Pvt.Ltd.