काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । एमालेको नाराबाजीपिछ सोमबार सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद बैठक स्थगित भएको हो ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । अर्को बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।
